Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाले पठाए आफूविरुद्धको उजुरीको जवाफ

देउवाले पठाए आफूविरुद्धको उजुरीको जवाफ

  • मंगलवार, आश्विन २५ २०७९

  • 880
    SHARES

  • देउवाले पठाए आफूविरुद्धको उजुरीको जवाफ

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ ।

    देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनुभएको हो । देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।

    देउवाले प्रमाणसहित जवाफ पठाएको उहाँले बताउनुभयो । देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनु भएको जवाफ कार्यालयमा दर्ता भएको छ। जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिन्छौं वाग्लेले भन्नुभयो ।

    नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिनुभएको थियो। डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

    निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो।

    देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवा सातौं पटक डडेल्धुरा निर्वाचन लड्दै छन्।


    मंगलवार, आश्विन २५ २०७९०२:२८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij