Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन

रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरेलाई आधिकारिकता, खिमलालको  उम्मेदवारी खारेज

रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरेलाई आधिकारिकता, खिमलालको  उम्मेदवारी खारेज

  • सोमवार, आश्विन २४ २०७९

  • 1.0K
    SHARES

  • रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरेलाई आधिकारिकता, खिमलालको  उम्मेदवारी खारेज
    काठमाडौं । रुपन्देही–५ मा नेकपा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाउनुभएको छ  । आइतबार रुपन्देही–५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
     
    घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराउनुभएको हो । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रस्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो।
     
    निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।
     
    निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलो पटक दर्ता भएका वासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताउनुभयो ।
     
    एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिनुभए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिनुभएको थियो ।


    सोमवार, आश्विन २४ २०७९०४:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij