Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा थपिए ३९ जना कोरोना संक्रमित

चितवनमा थपिए ३९ जना कोरोना संक्रमित

  • बिहिवार, भाद्र १८ २०७७

  • 606
    SHARES

  • चितवनमा थपिए ३९ जना कोरोना संक्रमित

    चितवन । चितवनमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार बुधबार राति प्राप्त विवरणअनुसार १६ देखि ८० वर्ष उमेर समूहका ३९ जनामा संक्रमण भएको छ ।

    संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् ।
    यस्तै रत्ननगरका विभिन्न ४ वडाका ६ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पतालकै चितवनकै खरैनीका १ पुरूष र ३ महिला, कालिकाका ३ पुरूष र २ महिला तथा माडीका १ महिला र १ पुरूषमा संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित भने सर्लाहीका ५५ वर्षीय पुरूष भएको चितवन कोभिड इन्फोले जनाएको छ ।

     


    बिहिवार, भाद्र १८ २०७७०७:०२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij