Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • सोमवार, आश्विन २४ २०७९

  • 544
    SHARES

  • सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
     
    जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार(आज) अदालतमा उपस्थित गराएको थियो । दसैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई आज मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
     
    आज जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनुभयो । सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरू प्रस्तुत गरेको घिमिरेले बताउनुभयो । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ ।
     
    लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
     
     
     
     
     


    सोमवार, आश्विन २४ २०७९०२:१५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij