Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

प्रतिनिधिसभामा २,४५२ जनाको उम्मेदवारी दर्ता, प्रदेशमा कति ?

प्रतिनिधिसभामा २,४५२ जनाको उम्मेदवारी दर्ता, प्रदेशमा कति ?

  • आइतवार, आश्विन २३ २०७९

  • 671
    SHARES

  • प्रतिनिधिसभामा २,४५२ जनाको उम्मेदवारी दर्ता, प्रदेशमा कति ?
    काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आइतबार(आज) बेलुकासम्म २,४५२ उम्मेदवारी परेको छ । साँझ साढे ८ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार २,२२३ र २२९ महिला गरी साढे २,४५२ जनाको उम्मेदवारी परेको हो । 
     
    आयोगकाअनुसार प्रदेशसभातर्फ ३,०३९ पुरुष, २८६ महिला र १ अन्य गरी ३,३२६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
     
    आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । 
     
    दर्ता भएका उम्मेदवारहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।


    आइतवार, आश्विन २३ २०७९०८:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij