काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ६८ संक्रमित निको भएका छन् ।
२४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६२८ रहेको मन्त्रालयको तथ्यांक छ ।