Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

डेंगीको संक्रमणबाट ४२ जनाको मृत्यु, ३२ हजार बढी संक्रमित 

डेंगीको संक्रमणबाट ४२ जनाको मृत्यु, ३२ हजार बढी संक्रमित 

  • शुक्रवार, आश्विन २१ २०७९

  • 604
    SHARES

  • डेंगीको संक्रमणबाट ४२ जनाको मृत्यु, ३२ हजार बढी संक्रमित 
    काठमाडौं । नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।
     
    डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    नेपालमा डेंगीको संक्रमण २०६१ सालमा देखिएको थियो। त्यसयता हरेक वर्ष डेंगी देखिंदै आएको छ। यो वर्ष साउनदेखि डेंगीको संक्रमण सुरु भएको हो। दुई महिनामै प्रकोपका रूपमा फैलिएको छ।
     


    शुक्रवार, आश्विन २१ २०७९०४:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij