काठमाडौं । नेपालमा आज थप एक हजार १ सय २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिनेमा काठमाडौँमा ३५०, ललितपुरका २९ , भक्तपुरका ९, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका १, झापाका ११, धनकुटाका २, पाँचथरका १, भोजपुरका ३, मोरङका ५३, सुनसरीका ७२, धनुषाका ६३, पर्साका ४९ र बाराका २३ जना छन् ।