Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६६ जना सङ्क्रमणमुक्त

थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६६ जना सङ्क्रमणमुक्त

  • मंगलवार, आश्विन १८ २०७९

  • 518
    SHARES

  • थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६६ जना सङ्क्रमणमुक्त

    काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन ।

    महामारीमा हालसम्म देशमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ हजार ६८९ जनाले खोप लगाएका छन् ।

     


    मंगलवार, आश्विन १८ २०७९०६:३३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij