काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गरिँदै छ । निर्वाचन आयोगले उक्त दिन क्षेत्रअन्तर्गत पर्ने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराउन सकिने जनाएको छ ।
त्यसका लागि मनोनयन पत्र दर्ता गराउन मिति र स्थान तोकिएको छ । मनोनयन पत्र दर्ता गराउन विभिन्न कागजात पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ता गराउँदा आवश्यक पर्ने कागजातहरूबारे आयोगले जानकारी गराएको छ ।
मनोनयन पत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि,
लिएर जानुपर्ने हुन्छ ।
यी हुन् मनोनयन पत्रका साथ संलग्न गर्नुपर्ने कागजात–