काठमाडौं । नेकपा (माओवादी केन्द्र) को समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उहाँको नाम हटाइएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
उनको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनस्थितिमा रहेको बुझिएको छ।
महरा ०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ मन्त्री र एकपटक सभामुख भइसक्नुभएको छ ।
उहाँको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताउनुभयो ।
महरा यसअघि रोल्पा र दाङबाट प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनुभएको थियो । उहाँ पूर्वसभामुखसमेत हुनुहुन्छ।