Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शिक्षकको कोरोना विमा गर्नेमा खजुरा बाँकेकै पहिलो पालिका

शिक्षकको कोरोना विमा गर्नेमा खजुरा बाँकेकै पहिलो पालिका

  • बुधवार, भाद्र १७ २०७७

  • 991
    SHARES

  • शिक्षकको कोरोना विमा गर्नेमा खजुरा बाँकेकै पहिलो पालिका

    भीष्म लोध, बाँके । जिल्लाको खजुरा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुको कोरोना विमा गरिएको छ ।

    गाउँपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयमा कार्यरत चार सय ५६ जनाको कोरोना बिमा गरेको हो ।

    सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको कोरोना विमा जिल्लामै पहिलो पटक खजुरा गाउँपालिकाले गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताउनुभयो ।

    केन्द्रको निर्देशनपश्चात गाउँपालिकाकामा रहेका बाल बिकास केन्द्रका सहयोगी कार्यकतादेखि प्राविधिक धार तथा पालिकाको अनुदानमा समेत कार्यरत शिक्षकहरुको विमा गरिएको हो ।

    शिक्षा शाखाका प्राविधिक सहायक निर्मल रेग्मीका अनुसार ६६ जना बाल विकास केन्द्र, ४४ जना विद्यालय कर्मचारी, ५६ जना प्रावि तह, चार जना आधारभुत तह, ४७ जना मावि तह, आठ जना प्राविधिक धार र ८५ जना पालिका अनुदानका शिक्षकको विमा गरिएको छ ।

    कोरोना महामारीको प्रकोप निरन्तर बढिरहेपछि अहिले सबै क्षेत्रका व्यक्ति र संस्थाले कोरोना विमा गराइरहेका छन् ।

    आठ स्थानीय तह रहेको बाँकेमा हालसम्म खजुराबाहेक कुनै पनि स्थानीय तहले शिक्षकहरुको कोरोना विमा गरेका छैनन् ।


    बुधवार, भाद्र १७ २०७७०२:१६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij