Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा दुईजना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, भाद्र १७ २०७७

  • 636
    SHARES

  • काठमाडौंमा दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । काठमाडौंमा थप दुईजना भाइरस कोरोना संक्रमितको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक पुरुष र २० वर्षीया एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

    थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् । सुगर, प्रेसर जस्ता दीर्घरोग भएका ७५ वर्षीय पुरुष गत भदौ १५ गते अस्पताल भर्ना भएका थिए भने २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो ।


    बुधवार, भाद्र १७ २०७७१२:५६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij