Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट उम्मेदवारी घोषणा 

रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट उम्मेदवारी घोषणा 

  • शुक्रवार, आश्विन १४ २०७९

  • 578
    SHARES

  • रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट उम्मेदवारी घोषणा 
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गर्नुभएको छ । हालैमात्र राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार(आज) बानेश्वरमा आफू समर्थकको भेलामार्फत उम्मेदवारी घोषणा गरेका गर्नुभएको हो । 
     
    मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहनुभएको थियो । उहाँ त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित हुनुभएको थियो ।
     
    उम्मेदवारी घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाउनुभयो । 
     
    बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताउनुभयो ।
     


    शुक्रवार, आश्विन १४ २०७९०२:०४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij