Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

१८ जिल्ला कोरोना संक्रमितमुक्त  
  • बुधवार, आश्विन १२ २०७९

  • 611
    SHARES

  • थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
    काठमाडौं । पछिल्लो केही महिना यता नेपालमा कोभिड १९ को संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८१८ वटा नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।
     
    त्यस्तै, आज ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १२२ पुगेको छ । ती मध्ये एक हजार ७० जना होम आइसोलेसनमा र ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये १२ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।
     
    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १४, भक्तपुरमा १ र ललितपुरमा ३ जना संक्रमित थपिएका हुन् । थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६२५ मा झरेको छ ।  
     
    कोभिड १९ को संक्रमण घटेसँगै १८ जिल्ला संक्रमितमुक्त भएका छन् । संक्रमितमुक्त हुनेमा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, काभ्रे,मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।
     


    बुधवार, आश्विन १२ २०७९०५:०४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij