Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलियो

डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलियो

  • बुधवार, आश्विन १२ २०७९

  • 506
    SHARES

  • डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलियो

    काठमाडौं। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।

    हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

    प्रदेशानुसार डेंगु रोगका संक्रमितहरु बागमतीमा सबैभन्दा धेरै छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेस प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

    डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ । डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमशः उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

    हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ । यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१, दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।


    बुधवार, आश्विन १२ २०७९०२:३८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij