Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गजलकार कमल सङ्घर्षको ‘खुडी’ चर्चामा

गजलकार कमल सङ्घर्षको ‘खुडी’ चर्चामा

  • सोमवार, आश्विन १० २०७९

  • 2.8K
    SHARES

  • गजलकार कमल सङ्घर्षको ‘खुडी’ चर्चामा
    काठमाडौं । नवीनतम गजल कृति खुडीको परिचर्चा तथा गजलकार कमल सङ्घर्षको एकल गजल वाचन कार्यक्रम पश्चिम नेपालमा सम्पन्न भएको छ । असोज १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच खुडीको विमोचन गरिएको थियो ।
     
    विमोचन लगत्तै लुम्बिनी प्रदेश बाँकेको कोहलपुर र नेपालगञ्ज, बर्दियाको गुलरिया त्यस्तै सुदूरपश्चिम प्रदेश कैलालीको लम्की र धनगढीका साथै कर्णाली प्रदेश सुर्खेतमा समेत खुडी परिचर्चा तथा कृतिकार सङ्घर्षको एकल वाचन कार्यक्रम सम्पन्न भएका हुन् । जसमा असोज १ गते हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुरमा स्रष्टा सम्मान तथा एकल गजल वाचन कार्यक्रम, ३ गते अक्षर साहित्य समाजले खुडी परिचर्चा तथा रचना वाचन कार्यक्रम, ४ गते ऐश्वर्या विद्यार्थी समाजले धनगढीमा खुडी परिचर्चा तथा सङ्घर्ष गजल साँझ, ६ गते बास नेपालले नेपालञ्जमा इन्सप्रेसिङ यूथ गजल वाचन कार्यक्रम, जागरूक युवा समाज बर्दियाले गुलरियामा गजल वाचन तथा खुडी विमर्श कार्यक्रम र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले सुर्खेतमा खुडी परिचर्चा तथा एकल गजल वाचन लगायतका आधा दर्जन कार्यक्रम सम्पन्न भएका छन् । 
     
    यसभन्दा अघि उनको सडक गजल संग्रह प्रकाशन भएको थियो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय  रहेका  सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेख रचना प्रकाशित छन् । सडक सर्वाधिक बिक्री भएको गजल सङ्ग्रह हो । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो । खुडी भित्र समसामयिक परिवेशमा लेखिएका वैचारिक, राष्ट्र प्रेम, प्रेमिलका साथै केही अछामी भाषामा लेखिएका गजलहरू समावेश छन् ।
     
    विगतमा प्रकाशन गरिएका अन्य गजल सङ्ग्रह र फुटकर रुपमा लेखिएका थुप्रै गजलहरू भन्दा खुडी भित्रका गजलहरू अझै परिष्कृत गरिएकाले यसले पाठकलाई नयाँ ऊर्जा दिने विश्वास संघर्षले गरेका छन् । ‘खुडी’ अछाम सहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँमा प्रचलित शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।


    सोमवार, आश्विन १० २०७९०८:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij