Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भैरहवाको भीम अस्पतालमा नवलपरासीकी एकजना संक्रमितको मृत्यु

भैरहवाको भीम अस्पतालमा नवलपरासीकी एकजना संक्रमितको मृत्यु

  • बुधवार, भाद्र १७ २०७७

  • 451
    SHARES

  • भैरहवाको भीम अस्पतालमा नवलपरासीकी एकजना संक्रमितको मृत्यु

    रुपन्देही। रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिनुभएको छ ।

    नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।

    खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । भीम अस्पतालमा अहिले २१ संक्रमित उपचाररत रहेका छन् ।


    बुधवार, भाद्र १७ २०७७०८:४३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij