Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डेंगुबाट एकैदिन १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्यो

डेंगुबाट एकैदिन १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • सोमवार, आश्विन १० २०७९

  • 526
    SHARES

  • डेंगुबाट एकैदिन १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आजसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।

    त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

    नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।

    संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


    सोमवार, आश्विन १० २०७९०३:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij