Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा समान हक र न्यायका लागि  शेखर पक्षद्वारा आन्दोलन घोषणा 

कांग्रेसमा समान हक र न्यायका लागि  शेखर पक्षद्वारा आन्दोलन घोषणा 

  • सोमवार, आश्विन १० २०७९

  • 1.1K
    SHARES

  • कांग्रेसमा समान हक र न्यायका लागि  शेखर पक्षद्वारा आन्दोलन घोषणा 
    काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै नेपाली कांग्रेसको विद्रोही पक्षले आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो ।
     
    सोमबार(आज) ठमेलस्थित एक होटेलमा बसेको कोइराला समूहका दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । बन्द सूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले १२ गते सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन् ।
     
    भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलनको घोषणा गरेको नेता गुरुराज घिमिरेले बताउनुभयो । नेता घिमिरेले पर्सि बुधबार १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको बताउनुभयो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।
     
    उहाँका अनुसार पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम छ । यसबीचमा नेता कोइरालासहित पदाधिकारीहरूसँग छलफल गर्ने भेलाको निष्कर्ष छ ।
     
    नेता भुपेन्द्रजंग शाहीले पार्टीले समान अवसरको वितरण नहुने अवस्था भए विद्रोहको विकल्प छैन भने भेलाको निष्कर्ष रहेको बताउनुभयो ।
     
    कोइराला समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत सिट दाबी गरिरहेका बेला संस्थापन पक्षले करिब १० प्रतिशत मात्रै सिट दिएपछि कोइराला समूहका नेता थप आक्रोशित भएका हुन् ।
     


    सोमवार, आश्विन १० २०७९०१:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij