Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन दलको तालमेलले एमाले हलचल, स–साना दलसँग सहकार्य गर्दै (खास खबर)

गठबन्धन दलको तालमेलले एमाले हलचल, स–साना दलसँग सहकार्य गर्दै (खास खबर)

  • आइतवार, आश्विन ९ २०७९

  • 782
    SHARES

  • गठबन्धन दलको तालमेलले एमाले हलचल, स–साना दलसँग सहकार्य गर्दै (खास खबर)
    काठमाडौं । सत्ता घटकका पाँच दलले बलियो तालमेल गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बेला मुलुकको प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहकार्यको ढोका खुला राखेको छ । पूर्ण रुपमा गठबन्धन गरेर जाने वा आंशिक गठबन्धन गर्नेबारे केही दलहरूसँग एमालेको पनि छलफल भइरहेको छ । 
     
    पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने बताएको एमालेले ठोस उपलब्धि हासिल गर्न सकेको छैन । दुवै दलहरूले आआफ्ना उम्मेदवारलाई निर्वाचनमा लागि सिफारिस गरिसकेका छन् । गठबन्धन दलभित्रको आपसी मतभेदलाई नियालिरहेको एमाले राजनीतिकमा निकै ठुलो परिवर्तन आउँछ की भन्ने आशामा छ । एमाले नेतृ पद्मा अर्यालले हालसम्म राप्रपासँगको सहकार्यबारे ठोस उपलब्धि हासिल नभएको बताउँदै केन्द्रको निर्देशन कुरिरहेको उल्लेख गर्नुभयो । 
     
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकताका नराखेको बताउँदै आंशिक ठाउँमा सहमति हुनसक्ने संकेत गर्नुभयो । उहाँले राप्रपाले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरिरहेको पनि जानकारी दिनुभयो । 
     
    नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले राप्रपासँग गठबन्धन बन्नु आश्चर्य नरहेको बताउनुभयो । गणतन्त्रलाई स्वीकार गरेर अगाडि बढिरहेको दलले निर्वाचनमा तालमेल गर्ने प्रस्ताव गर्नु ठुलो विषय नभएको पनि उल्लेख गर्नुभयो । 
     
    २०७४ सालको निर्वाचनमा बाम गठबन्धन गरेर पहिलो शक्ति बनेका कम्युनिष्ट दल अहिले छिन्नभिन्न भएका छन् । माओवादीलाई कांग्रेसको भर र समाजवादीलाई त्यहीँ रहर भएको छ । यता, नेकपा एमालेलाई पनि आफ्नो विरासत जोगाउन हम्मे हम्मे भएको छ । अहिले विचार, सिद्धान्त नमिल्ने पार्टीहरूसँग पनि तालमेल गरी कसरी प्रतिनिधिसभामा सिट बढाउन सकिन्छ यसै कसरतमा दलहरू रहेका छन् । 
     


    आइतवार, आश्विन ९ २०७९०७:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij