Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बारा र पर्सामा थप ६४ जनामा कोरोना संक्रमण, चितवनमा पनि थपिए २८ संक्रमित

बारा र पर्सामा थप ६४ जनामा कोरोना संक्रमण, चितवनमा पनि थपिए २८ संक्रमित

  • बुधवार, भाद्र १७ २०७७

  • 824
    SHARES

  • बारा र पर्सामा थप ६४ जनामा कोरोना संक्रमण, चितवनमा पनि थपिए २८ संक्रमित

    वीरगन्ज । पर्सा र बारामा थप नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् ।

    ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर–समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

    पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा दुई जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो ।

    वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । कलैया– १ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो ।

    यसैबिच , चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो।

    चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।


    बुधवार, भाद्र १७ २०७७०८:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij