काठमाडौं । सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ ।
चाडपर्वको सन्दर्भमा बजार अनुगमन,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
त्यस्तैगरी, पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने लगायतका १२ बुद्धे निर्देशन दिनुभएको छ ।