काठमाडौं । काठमाडौं उपत्यकामा आज रातिसम्म जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर बुधबार निषेधाज्ञाबारे समीक्षा गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
निषेधाज्ञाबारे बुधबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बस्ने र त्यही बैठकले निर्णय गर्ने उहाँको भनाई छ । निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा पनि बुधबारमात्रै निर्णय हुने भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए।
पहिलो पटक भदौ १२ गतेसम्म लागू भएको निषेधाज्ञा पुनः भदौ १७ गते राति १२ बजेसम्मका लागि थप गरिएको थियो।