Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले एकलौटी गरे देशभरी छुट्टै उम्मेदवार उठाउछौँ : घिमिरे

देउवाले एकलौटी गरे देशभरी छुट्टै उम्मेदवार उठाउछौँ : घिमिरे

  • शनिवार, आश्विन ८ २०७९

  • 1.1K
    SHARES

  • देउवाले एकलौटी गरे देशभरी छुट्टै उम्मेदवार उठाउछौँ : घिमिरे

    काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरे देशभरी आफूहरुको तर्फबाट छुट्टै उम्मेदवार हुने चेतावनी दिनु भएको छ ।

    सभापतिले सबैलाई समेट्नेभन्दा पनि एकलौटी गर्ने गरेकाले अव पनि आफूहरु मुकदर्शक भएर बस्न नसक्ने दावी गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले काँग्रेस पार्टी सभापति देउवाको मात्रै नभएकाले अवसर, अधिकार र भूमिका पनि सभापति देउवाले मात्रै उपभोग गर्न नमिल्ने तर्क गर्नुभयो ।

    काँग्रेसको शेखर कोईराला समूहबाट प्रदेश एकको पार्टी सभापतिका लागि उम्मेदवार भई पराजित हुनुभएका नेता घिमिरेले उम्मेदवार बनाउदा पार्टी भित्रको सन्तुलन नमिलाएमा आफ्नो पक्षले सबै बहिस्कार गर्ने चेतावनी पनि दिनुभयो ।

    उहाँले भन्नुभयो, “सभापतिजीले एकलौटी गर्नुभयो, सन्तुलन गर्नु भएन र सही मुल्याङ्कन गर्न सक्नुभएन भने हाम्रो तर्फबाट कोही चुनाव लड्दैन, उहाँका पक्षमात्रै लडुन् ।”

    पार्टी र यो व्यवस्था निर्माणका लागि आफूहरुले पनि जीवन वाजी राखेर संघर्ष गरेको स्मरण गराउदै उहाँले संघर्ष गर्नेहरुलाई छानीछानी पाखा लगाइएको र कुनै संघर्षमा नदेखिएकाहरुले हालीमुहाली गरेको आरोप लगाउनु भयो ।


    शनिवार, आश्विन ८ २०७९०८:४०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij