Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीविरुद्ध वीरगञ्जमा प्रदर्शन

राष्ट्रपति भण्डारीविरुद्ध वीरगञ्जमा प्रदर्शन

  • बुधवार, आश्विन ५ २०७९

  • 590
    SHARES

  • राष्ट्रपति भण्डारीविरुद्ध वीरगञ्जमा प्रदर्शन

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरको छन् ।

    उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । जसपाका विद्यार्थी, युवा, देखि जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरु समेत प्रदर्शनमा सहभगी भएका छन् ।

    जनता समाजवादी पार्टी नेपालका पर्सा सचिव तवरेज अहमदले संविधानको संरक्षकले नै संविधान विरोधी कदम चालेको विरोध गर्नुपरेको बताउनुभयो ।

     


    बुधवार, आश्विन ५ २०७९०५:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij