Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, भोलि बिहानैदेखि छलफल हुने

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, भोलि बिहानैदेखि छलफल हुने

चाँडै सहमतिमा पुग्ने दाबी 
  • मंगलवार, आश्विन ४ २०७९

  • 704
    SHARES

  • सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, भोलि बिहानैदेखि छलफल हुने
    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सकस खेपिरहेको सत्ता गठबन्धन मंगलबार(आज)देखि पुनः छलफलमा जुटेको छ । तर, विगतझैं गठबन्धनमा आबद्ध दलका नेताहरूको आ–आफ्नै अडानले आज बसेको दुई चरणको बैठक पुनः निष्कर्षविहीन भएको छ ।
     
    आज बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् । 
     
    ‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भन्नुभयो, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’ 
     
    नेताहरू थप गृहकार्यसहित भोलि छलफलमा बस्ने भएका छन् । यसअघि पनि गठबन्धनले घण्टौँसम्म दैनिकजसो यस्ता बैठकहरू गर्ने गरेका थिए । साउनदेखि छलफल गर्न थालेका नेताहरू असोज लाग्दा समेत सहमतिमा पुग्न सकेका छैनन् । यद्यपि, चाँडै सहमतिमा पुग्ने उनीहरूको दाबी छ ।
     
    निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ गते उम्मेदवार मनोनयन गराउनु पर्ने हुन्छ । २३ असोजको अन्तिम समयसीमामा रहेका गठबन्धनका नेताहरू अहिलेसम्म सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सकिरहेका छैनन् । 
     


    मंगलवार, आश्विन ४ २०७९०८:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij