काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५ हजारभन्दा बढीको पिसिआर परीक्षण भएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।