Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं नआउने अडानमा केसी, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै

काठमाडौं नआउने अडानमा केसी, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै

  • मंगलवार, आश्विन ४ २०७९

  • 645
    SHARES

  • काठमाडौं नआउने अडानमा केसी, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै

    काठमाडौं । ९ दिनदेखि अनसन बसिरहेका डा.गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएकोमा उहाँ नआउने अडानमा बस्नुभएको छ ।

    स्वास्थ्य जटिल बन्दै गएपछि चिकित्सले केसीलाई उपचारका लागि काठमाडौं जान सुझाव दिएका थिए । सोहीअनुसार नेपाली सेवाको स्काइ ट्रक धनगढी गइसकेको छ । सैनिक जहाज धनगढी ल्याण्ड भएको एक घण्टा बितिसकेको छ । तर, केसीले मानिरहनुभएको छैन ।

    उहाँमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।

    उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालले उहाँको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो ।

    केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा.शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुनसक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।


    मंगलवार, आश्विन ४ २०७९०४:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij