काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ ।