काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो ।