Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक महिनामा ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

  • मंगलवार, आश्विन ४ २०७९

  • 597
    SHARES

  • एक महिनामा ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

    काठमाडौं । एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

    यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । त्यस्तै १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

    साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् ।

    भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । जसमा ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन् । भदौ महिनामा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्ध दक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेका छन् ।

    साउनमा ३५ हजार ६०५ जना नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए भने ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।


    मंगलवार, आश्विन ४ २०७९०१:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij