Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

  • सोमवार, आश्विन ३ २०७९

  • 603
    SHARES

  • टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

    काठमाडौं । टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा आज काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

    आज महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ ।

    महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।


    सोमवार, आश्विन ३ २०७९०१:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij