Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

  • आइतवार, आश्विन २ २०७९

  • 449
    SHARES

  • बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।
    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    आइतवार, आश्विन २ २०७९१२:५६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij