Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप चार जनाको मृत्यु

कोरोनाबाट थप चार जनाको मृत्यु

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाबाट थप चार जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । जसमध्ये, वीरगन्जमा दुई तथा चितवन र धरानमा एक–एक जनाको मृत्यु भएको हो ।

    नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुने वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् । १७ दिनदेखि उपचाररत ५३ वर्षीय पुरुषको गएराति पौने १ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभएको छ ।

    त्यस्तै, वीरगन्जकै नारायणी अस्पतालमा राति पहिचान नखुलेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    अस्पतालका प्रवक्ता चौरसियाका अनुसार करिब ६० वर्षीय पुरुषको राति पौने ९ बजेको समयमा मृत्यु भएको हो ।

    बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई स्थानीय युवाले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । हालसम्म मृतकको पहिचान खुलेको छैन ।

    यसैबीच, चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

    निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

    त्यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत सिरहाका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    सिरहाको मिर्चैया निवासी उनको गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।

     


    मंगलवार, भाद्र १६ २०७७१२:३०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij