Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बढ्दै डेंगुको प्रकोप,लामखुट्टे नियन्त्रणमा सरकार उदासीन(खास खबर)

बढ्दै डेंगुको प्रकोप,लामखुट्टे नियन्त्रणमा सरकार उदासीन(खास खबर)

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 450
    SHARES

  • बढ्दै डेंगुको प्रकोप,लामखुट्टे नियन्त्रणमा सरकार उदासीन(खास खबर)

    काठमाडौं । मुलुकमा डेंगुको प्रकोप बढ्दै गएको छ । अहिलेको अवस्थामा ज्वरोका बिरामी थपिएका छन् । सानादेखि ठूला अस्पतालहरु बिरामीले भरिभराउ छन् । काठमाडौं उपत्यकामा फोहोर र प्रदुषणका कारण लामखुट्टे फैलिँदा झन् जोखिम बढेको छ । यहाँ बग्ने खोलानालामा मुहानको पानी भन्दा ढल बगिरहेकोले फोहोर अत्याधिक छ ।

    खोला छेउछाउबाट हिड्दा नाकै थुन्नुपर्ने अवस्था छ । यसले लामखुट्टेलाई सुरक्षित गरिदिएको छ । हाल देशैभर डेंगु संक्रमितको संख्या १२ हजार २१७ जना पुगेको छ भने १३ जनाको मृत्यु भइसकेको छ । ज्वरो आउने, बान्ता हुने, नाकबाट रगत बग्ने यसका जटिल लक्षण हुन्, यस्तो देखिनासाथ चिकित्सक कहाँ जानुपर्ने हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार अहिले डेंगुका बिरामीको चाप घर र अस्पतालमा उत्तिकै छ ।

    डा. पुनले केही लक्षणहरु मानव स्वास्थ्यका निम्ति खतरा हुने भएकोले ज्वरो मात्रै त हो भन्दै हेलचक्य्राई गर्न नहुने बताउनुभयो । अहिलेको अवस्थामा डेंगु उत्कर्षमा पुगेको उहाँको भनाइ छ ।

    हाल दश जिल्लाहरुमा डेंगु संक्रमण बढी देखिएको छ । ती जिल्लाहरुमा ललितपुर, काठमाडौ, मकवानपुर, दाङ, भक्तपुर,रुपन्देही, चितवन, धादिङ, काभ्रे र तेह्रथुम रहेका छन् । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ । आजको राष्ट्रियसभामा पनि राष्ट्रियसभा सदस्य विमला राई पौडेलले सरकार डेंगु नियन्त्रण भन्दा चुनावी जोडघटाउमा लागेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।।

    राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले डेंगुको उपचारका लागि सरकारले ढिलाई गर्नुको कारण माग गर्दै यथाशीध्र समस्या समाधानमा लाग्न आग्रह गर्नुभयो ।

    हो, डेंगु अहिले भयावह बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न सरकारले अहिलेसम्म उचित कदम चाल्न सकेको छैन । सर्वसाधारणहरु सिटामोल नपाएर बस्नुपर्ने अवस्थामा डेंगु संक्रमित भए थप मारमा पर्ने पक्का छ ।

     


    शुक्रवार, भाद्र ३१ २०७९०७:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij