Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेट : ११० जना संक्रमित, एकको मृत्यु

कोरोना अपडेट : ११० जना संक्रमित, एकको मृत्यु

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 339
    SHARES

  • कोरोना अपडेट : ११० जना संक्रमित, एकको मृत्यु

    काठमाडौं । नेपालमा शुक्रबार ११० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२७ जनामा गरिएको परीक्षणमा ११० जना संक्रमित भेटिएका हुन्।

    आज एकजना संक्रमितको मृत्यु भएको छ भने यही अवधिमा १२६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये २० जना आइसियूमा‚ ६३ जना संस्थागत आइसोलेशनमा र १ हजार ९९९ जना होम आइसोलेशनमा रहेका छन्।

    हाल काठमाडौंमा ७९३ जना‚ ललितपुरमा ३३७ जना र भक्तपुरमा ३१ जना सक्रिय संक्रमित रहेका छन्।


    शुक्रवार, भाद्र ३१ २०७९०५:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij