Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केही विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभा, भोलि अन्त्य हुने

केही विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभा, भोलि अन्त्य हुने

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 865
    SHARES

  • केही विधेयक पारित गर्दै सकियो प्रतिनिधिसभा, भोलि अन्त्य हुने

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गर्नुभएको हो ।

    दिउँसो ११ बजेबाट सुरू भएको आजको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको छ ।

    भोलिको बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ । भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिनेछ ।


    शुक्रवार, भाद्र ३१ २०७९०२:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij