काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।
आज २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भएको छ।
हिजो नेप्से परिसूचक ४७.४४ अंकले बढेको थियो। सो दिन १ अर्ब ४५ करोड बराबरको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.२४ प्रतिशतले ओरालो लागोको छ ।
यस्तै, डेभलपमेन्टको सूचक ४.६५, हाइड्रो पावरको ४.४६ घट्दा ट्रेडिङको ३.९७, होटल्स एन्ड टुरिजमको ३.४२, मनु एन्ड प्रोको ३.१६, अदर्शको ३.९४ र इन्भेष्टमेन्ट समूहको ३.२९ प्रतिशतले घटेको छ।