Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालीहरुको उद्धारका लागि काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

नेपालीहरुको उद्धारका लागि काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

  • शनिवार, आषाढ २० २०७७

  • 754
    SHARES

  • नेपालीहरुको उद्धारका लागि काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै

    काठमाडौं । विभिन्न मुलुकमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ ।

    यस्तै अन्य जहाज काठमाडौँमा अवतरण गरेर पुनः फर्कने छन् । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।

    कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थल स्रोतले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ ।

    यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति साँढे १० बजे इस्तानबुल फर्कने जनाइएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ ।


    शनिवार, आषाढ २० २०७७१२:०३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij