Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

  • मंगलवार, भाद्र १६ २०७७

  • 686
    SHARES

  • चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

    चितवन। चितवनमा ३५ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ।

    उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिका भित्रका छन्। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार यहाँ गरिएको परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    चितवनका नयाँ संक्रमितहरू १८ देखि ६५ वर्ष उमेर समूहका छन्। यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन्।

    राप्ती–८ र ९ का २६ वर्षीय पुरुष र २५ वर्षीया दुई जना महिलामा संक्रमण पुष्टि भएको हो। त्यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

    त्यसैगरि नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबैको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

    त्यस्तै, धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
    भरतपुरका ५ पुरुष र १५ महिला गरी २० जनामा संक्रमण पुष्टि भएको हो।

     


    मंगलवार, भाद्र १६ २०७७०७:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij