Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

चीनबाट भित्रिने सामान नाकामै रोकिँदा व्यापारी मारमा,अघोषित नाकाबन्दी गरेको व्यवसायीको आरोप (खास खबर)

चीनबाट भित्रिने सामान नाकामै रोकिँदा व्यापारी मारमा,अघोषित नाकाबन्दी गरेको व्यवसायीको आरोप (खास खबर)

  • सोमवार, भाद्र २७ २०७९

  • 414
    SHARES

  • चीनबाट भित्रिने सामान नाकामै रोकिँदा व्यापारी मारमा,अघोषित नाकाबन्दी गरेको व्यवसायीको आरोप  (खास खबर)

    काठमाडौं। पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहन बस्नेत एक हुल व्यापारीहरुलाई लगेर परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पुग्नुभयो ।

    व्यापारीका गुनासा मात्रै होइन आक्रोश बोकेर उनीहरु मन्त्री भेट्न गएका थिए । चीनले एकमहिना यता रसुवागढी नाकाबाट हुने निर्यात रोकेपछि दशैँ र तिहारका लागि आयात गरिएका व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएका छन् ।

    तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै चीनले रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगायो । नेपालीहरुको महान पर्व नजिकिएसँगै व्यापार हुने आशामा रहेका व्यापारी सामान बाटोमै अलपत्र पर्दा निराश छन् ।

    बस्नेतको पहलमा परराष्ट्रमन्त्रीलाई भेट भएपनि उनीहरु सहजै सामान आउनेमा विश्वस्त बन्न सकेका छैनन् । यता, बस्नेतले पटकपटक नाकालाई सहज गराउनका निम्ति पहल गरेको स्मरण गर्नुभयो ।

    व्यापारीक नाका खुलेको देखिएपनि विभिन्न समस्या आइरहेको बताउँदै बस्नेतले चिनियाँ सभामुख आएको अवसरमा यो विषय उठाउनुपर्ने बताउनुभयो । नाकामा सामान अलपत्र पर्दा ऋणको भारी थपिएसँगै दुईजना व्यापारीले आत्महत्या गरिसकेको बस्नेतको भनाइ छ ।

    नेपाल सरकार, राजनीतिक दलहरु र चिनियाँ पक्षसँग संवादहीनताको परिस्थितिले व्यापारी पिल्सिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटवालले बताउनुभयो ।

    घरेलु तथा साना उद्योग महासंघका सचिव रुद्र न्यौपानेका अनुसार चिनियाँ बर्डर बेलाबेला अवरोध भइरहनुको मुख्य कारण ठूला मुलुकहरुबीचको लडाइँ पनि एक हो ।

    नाका बन्द हुँदा दशैँ, तिहार र जाडोका लागि आयात गरिएका लुगाकपडा, जुत्ता चप्पललगायतका सामान रोकिएका छन् । राजधानीलगायत मुलुकका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ ।

    केरुङमा रोकिएको सामान करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । कहिले भारत, कहिले चीनको दम्भमा फसेका नेपाली व्यापारीलाई सहज गर्न सरकारको प्रमुख दायित्व हो ।

     


    सोमवार, भाद्र २७ २०७९०८:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij