Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु

दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु

  • सोमवार, भाद्र २७ २०७९

  • 542
    SHARES

  • दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु

    काठमाडौं । दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका -१४ निबासी ४० वर्षीया माया कुमारी बिसी रहेकी छन्।

    उनी उपचारका लागि सोमबार बिहान घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उनलाई आइतबार डेंगु पुष्टि भएको थियो।

    अक्सिजन लेभल र प्रेसर घटेर उनको मृत्यु भएको प्रतिष्ठानका चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

    पछिल्लो समय दाङमा डेंगु संक्रमित हुनेको संख्या बढ्न थालेको छ। प्रतिष्ठानका अनुसार उपचारका लागि आउने ४ देखि ५ जनामा दैनिक डेंगु देखिन थालेको छ।


    सोमवार, भाद्र २७ २०७९०६:२८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij