Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माग सम्बोधन नभएको भन्दै डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्दै

माग सम्बोधन नभएको भन्दै डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्दै

  • सोमवार, भाद्र २७ २०७९

  • 889
    SHARES

  • माग सम्बोधन नभएको भन्दै डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्दै

    काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा.गोविन्द केसीले आफ्नो माग पुरा नभएको भन्दै २० औ सत्याग्रह सुरु गर्नुहुने भएको छ । सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले सत्याग्रह सुरु गर्न डा.केसी धनगढी जाँदै हुनुहुन्छ।

    ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने उहाँले बताउनुभएको छ । उहाँले आफ्ना माग सम्बोधन गर्न सरकारलाई २ साताको समय दिनुभएको थियो ।

    स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा केसीले पाँच बुँदे माग अघि सार्नुभएको थियो । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा.केसीको माग छ।

    चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न डा.केसीले माग गर्नुभएको छ ।


    सोमवार, भाद्र २७ २०७९०१:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij