Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

  • शनिवार, आषाढ २० २०७७

  • 542
    SHARES

  • गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । गोरखा जिल्ला अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार (आज) बिहान ५ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

    उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति करिब १० बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगी समेत थिए । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए ।


    शनिवार, आषाढ २० २०७७११:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij