Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

कोरोनाबाट २ जनाको मृत्यु, १०४ जना नयाँ संक्रमित थपिए

कोरोनाबाट २ जनाको मृत्यु, १०४ जना नयाँ संक्रमित थपिए

  • आइतवार, भाद्र २६ २०७९

  • 392
    SHARES

  • कोरोनाबाट २ जनाको मृत्यु, १०४ जना नयाँ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् ।

    जसमध्ये २ हजार २३६ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।
    यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, भाद्र २६ २०७९०४:३७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij