Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एलिजाबेथलाई यसरी सम्झिए राजा ज्ञानेन्द्रले

एलिजाबेथलाई यसरी सम्झिए राजा ज्ञानेन्द्रले

  • शुक्रवार, भाद्र २४ २०७९

  • 714
    SHARES

  • एलिजाबेथलाई यसरी सम्झिए राजा ज्ञानेन्द्रले

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताउनुभएको छ ।

    बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उहाँका संवाद सचिव डा.फणिराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।

    महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ । सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मियता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ ।

    संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मियता पनि सदा उल्लेख्य छ ।

    नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं । उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।


    शुक्रवार, भाद्र २४ २०७९०२:१४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij