Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीलाई ६० स्विकार्य छैन, कांग्रेस ९० सिट भन्दा तल झर्दैन : रामचन्द्र पौडेल

माओवादीलाई ६० स्विकार्य छैन, कांग्रेस ९० सिट भन्दा तल झर्दैन : रामचन्द्र पौडेल

  • बुधवार, भाद्र २२ २०७९

  • 691
    SHARES

  • माओवादीलाई ६० स्विकार्य छैन, कांग्रेस ९० सिट भन्दा तल झर्दैन : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलभित्रैका केहि व्यक्तिले अतिरञ्जित कुरा गरिरहेकाले सिट बाँडफाँडमा कुरा मिल्न नसकेको बताउनुभएको छ ।

    कहाँ कस्लाई दिदा जित्ने निश्चित हुन्छ र सबैलाई न्याय कसरी हुन्छ भन्ने तरिकाले कार्यदलका सदस्यहरुले छलफल गरिरहेको बताउँदै नेता पौडेलले अतिरञ्जित अडान छोडेर यथार्थमा रहेर सहमती गर्न र गठबन्धनलाई सफल पार्न आग्रह गर्नुभएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई ६० सिटको कुरा गरिरहेको प्रसंगमा वरिष्ठ नेता पौडेलले कार्यकर्तालाई सन्तुष्ट राख्नलाई प्रचण्डले त्यसो भनेको हुन सक्ने संकेत गर्दै माओवादीलाई ६० सिट कूने पनि हालतमा स्विकार्य नभएको प्रस्ट पार्नुभयो ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले कांग्रेसले ९० भन्दा तल झर्न नसक्ने कुरामा अडान लिनुभयो ।

    मुख्य कुरा निर्वाचन जित्नु भएको हुँदा कुन ठाउँमा कस्लाई उठाउदा जित्न सकिन्छ यहि हेरेर उम्मेदवार उठाउने र सिट बाँडफाँड गरिने स्पष्ट पार्दै नेता पौडेलले कांग्रेसकोसबै ठाउँमा संगठन विस्तार र देशकै ठुलो पार्टी भएकाले ९० सिट आवश्यक रहेकोमा जोड दिनुभयो ।

    गठबन्धनमा रहिसकेपछि सहकार्य र समझदारीको भावना राखेर यो बाँडफाँडको विषय चाँडै टुङग्याउन समेत नेता पौडेलले आग्रह गर्नुभएको छ ।
    गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सिट र निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । एक महिनादेखि जारी छलफलले सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन ।

    गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गर्दै आइरहे पनि दिनहुँ बस्ने बैठकले टुङगो लगाउन भने सकेको छैन । सिट र निर्वाचन क्षेत्रको बाँडफाँट जटिल बन्दै जाँदा आगामी निर्वाचनपछिको शक्ति सन्तुलनको विषयपनि जोडिन पुगेको छ ।


    बुधवार, भाद्र २२ २०७९०८:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij