Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वारा, पर्सा र सर्लाहीमा थप ३८ जनामा संक्रमण पुष्टि

वारा, पर्सा र सर्लाहीमा थप ३८ जनामा संक्रमण पुष्टि

  • सोमवार, भाद्र १५ २०७७

  • 855
    SHARES

  • वारा, पर्सा र सर्लाहीमा थप ३८ जनामा संक्रमण पुष्टि

    वीरगन्ज । वारा , पर्सा र सर्लाहीमा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नारायणीको आकस्मिक कक्षमा रहेका चार जना बिरामीको जिन एक्सपर्ट टेस्ट विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको डा.चौरसियाले बताउनु भएको छ । संक्रमितमध्येमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् ।

     


    सोमवार, भाद्र १५ २०७७०८:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij