Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

अर्ना सकिएसँगै डेढ करोड रकम व्यर्थ

अर्ना सकिएसँगै डेढ करोड रकम व्यर्थ

  • सोमवार, भाद्र २० २०७९

  • 370
    SHARES

  • अर्ना सकिएसँगै डेढ करोड रकम व्यर्थ

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले वंश विस्तार गर्न भन्दै ल्याएका सबै अर्नाको मृत्यु भएसंगै राज्यको डेढ करोड बढि रकम खेर गएको छ।

    २०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना काठमाडौंबाट तीन वटा अर्ना चितवन ल्याइएको थियो । पछि वंश विस्तार गरेर आठवटा पाडापाडी जन्मिएका थिए।

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७१ पुष २२ मा नेपाल सरकारको सचिवस्तरीय बैठकले ५ भाले र १५ पोथि गरी २० वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज ल्याउने निर्णय गरेको थियो। ल्याइएका र विस्तार भएकामध्ये केही प्राकृतिकरुपमा मर्दा केहीलाई बाढीले बगायो भने केहीलाई बाघले खायो।

    अर्ना मरेर सकिएपछि राज्यको एक करोड ३६ लाख ४४ हजार रुपैँया व्यर्थ भएको छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जको कार्यालयबाट अर्ना व्यवस्थापनका लागि ६३ लाख १८ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट एक करोड १० लाख ४६ हजार ४६२ रुपैँया खर्च भएको छ।

    तिवारीका अनुसार निकुञ्जको कार्यालयबाट अर्ना व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६–०७७ मा स्थानान्तरित अर्नाहरुका लागि इन्क्लोजर निमार्ण तथा व्यवस्थापनको लागि ५८ लाख १८ हजार, २०७७–०७८ मा सोलार पावरसहित नयाँ अर्ना इन्क्लोजर निमार्णमा ५ लाख खर्च भएको थियो।

    अर्ना व्यवस्थापनका लागि २०७४ देखि २०७९ सम्म निकुञ्जले एक करोड २५ लाख ३० हजार छुट्याएकोमा बाँकी रकम भने खर्च हुन सकेन।


    सोमवार, भाद्र २० २०७९०२:३४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij